१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगरमा आयोजना गर्न लागिएको व्यापार मेलाबारे जानकारी दिंदै मोरङ व्यापार संघका पदाधिकारीहरू । तस्बिर: चुमन बस्नेत/नागरिक

विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।

मोरङ व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो।

सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए। रिजालले विगतको भन्दा फरक र आकर्षक स्टलहरू प्रदर्शनीमा राख्ने तयारी गरिएको जानकारी दिए।

रिजालका अनुसार एक्सपोमा आइफिल टावर, किड्सजोन लगायतका आकर्षणहरू हुने छन्। एक्सपोको ४ लाख बढीले अवलोकन गर्ने र १५ करोड रुपैयाँ बढीको कारोबार हुने अनुमान गरिएको एक्स्पोमा संयोजक अनिलकुमार साहले बताए। 

प्रकाशित: ११ मंसिर २०८० ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App