५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

गरिमा बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

सबैका लागि पहुँच भन्ने नाराका साथ गरिमा विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ। ग्राहकमैत्री एवं नवीनतम डिजिटल बैकिङ सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले बिहीबारदेखि स्थापनाकालको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले नेपालका विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा एक सय २३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आएको छ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८० अर्ब रूपैयाा निक्षेप संकलन गरेको छ भने कर्जामा करिब ६८ अर्ब रूपैयाँ लगानी गरेको छ।

करिब आठ लाख ग्राहकलाई सेवा पुर्‍याइरहेको यस बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरू उत्साहजनक रहेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ।

केन्द्रीय कार्यालयसहित विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले म्याग्दीको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्य संस्था, स्याङ्जा, गुरुकुल वृद्धाश्रम र स्याङ्जामा न्यानो कपडा वितरण गरेको छ।

त्यसैगरी, विर्तामोड नगरपालिका, झापाका सबै वडाहरू, भृकुटीपथटोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबिन प्रदान गरेको छ। जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरूका लागि स्कुल ब्याग, अनाथ तथा असहाय महिला कल्याण समाज, रूपन्देहीका अनाथ आश्रममा इन्भर्टर, प्रशान्ति वृद्धाश्रम केन्द्र (सुर्खेत) लाई आवश्यक बेड हस्तान्तरण गरेको छ।

त्यसैगरी ट्राफिक व्यवस्थापनलाई थप सहजीकरण गर्न क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना, वित्तीय जागरुकताका लागि नेसनल इन्फोटेक कलेज, विरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम, सेती प्रादेशिक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण, काठमाडौंको बुढानीलकण्ठ मन्दिरलाई एक सय थान कुर्सी, नेपाल प्रहरी अनाश्रित गुल्म, सुन्धारालाई भिजिटर कुर्सी, अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८० ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App