७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिल बैंकको पाँच वर्ष यताकै न्यून लाभांश

नबिल बैंकले आर्थिक वर्ष  २०७९/८० मा आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

बैंकको बिहीबार बिहान बसेको ६ सय ४४ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले वितरण गर्ने भनेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्रै बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ। नबिल बैंकले वितरण गर्न लागेको लाभांश विगत पाँच वर्ष यताकै न्यून हो। नविल बैंकले आर्थिक वर्ष २०७८/७९ मा २९ प्रतिशत लाभांश वितरण गरेको थियो। सो लाभांशमध्ये ११.५ प्रतिशत नगद र १८.५ प्रतिशत बोनस सेयर रहेको थियो।

त्यसैगरी आव २०७७/७८ मा भने ३७ प्रतिशत लाभांश घोषणा गरेको थियो। जसमा नगद लाभांशको हिस्सा ४.४ प्रतिशत र ३३.६ प्रतिशत बोनस सेयर रहेको छ। आर्थिक वर्ष २०७६/७७ मा ३५.२६ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद बोनस सेयर वितरण गरेको थियो। नबिल बैंकले आव २०७५/७६ मा ३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। जसमा २२ प्रतिशत नगद बोनस सेयर र १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित: ८ मंसिर २०८० ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App