१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्ने प्रतियोगिता

दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा सहभागिता जनाएको छ। दराज उक्त र्‍यालीको प्रायोजक रहेको थियो।

दराजका पदाधिकारीसमेत सहभागी रहेको उक्त र्‍यालीमा विभिन्न कलाकार, अभियन्ता तथा नेताहरूको सहभागिता थियो। दराजको साझेदारी प्रबन्धक अमुल बैद्यले हरेक वर्ष मनाइने न्हूदँया भिन्तुना नेवाः समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति भएको उल्लेख गर्दै राष्ट्रिय संस्कृतिसँग जोडिन पाउँदा खुसी भएको र आगामी वर्षहरूमा पनि यस्तै सहकार्य गर्ने अपेक्षा राखेको बताए।

र्‍यालीमा दराजले ‘स्पट द फ्ल्याग’ प्रतियोगिता घोषणा गरेको थियो। र्‍यालीमा देखिएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केही विजेताहरूलाई पाँच सयसम्मको डिस्काउन्ट भाउचर दिइने भएको छ। प्रतियोगिताको घोषणा मंसिर १ गते शुक्रबार हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८० ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App