१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

कुमारी बैंकले ल्यायो ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना ल्याएको छ। योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रूपैयाँसम्म क्यास ब्यक दिनेछ।

क्यासब्याक रकम पिओएस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा दिइने बैंकले जनाएको छ। बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धतास्वरूप ती सुविधाहरू आगामी कात्तिक २६ देखि मंसिर ३ गतेसम्म लागु हुने जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App