२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेल-पारालिम्पिक कमिटीबीच सहकार्य

एनसेलले राष्ट्रिय पारा खेलाडीको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग सहकार्य गरेको छ।

 खेलाडीहरूको खेलप्रतिको लगनशीलता र इच्छा शक्तिलाई सम्मान गर्दै एक बलियो साथ प्रदान गर्न एनसेलले पारा खेलाडीहरूको समग्र विकास र आवश्यक प्रशिक्षणका लागि एनपिसीसँग सहकार्य गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यो सहकार्य सबैका लागि एक गर्वको क्षण भएको र पारा खेलाडीहरूको हौसला र साहस वृद्धि गर्ने उदाहरण र प्रेरणाका स्रोतसमेत भएको बताए।

उनले भिन्न क्षमता भएका वर्गहरूलाई सम्मान गर्दै उहाँहरूको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर रहेको र एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरूको विकासमा सहयोग पुर्‍याउने विश्वास लिएका बताए।

चौथौं पारा एसियन गेम्स यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App