२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताएका छन्।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।

उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताए। अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको उनको भनाइ छ। उनले उडानमा ढिला नगर्न समेत निर्देशन दिए। लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि उनले बताए।

उनले भने, ‘सामग्रीहरु बढी मूल्यमा बिक्री गरिन्छ र टिकटमा पनि धेरै भाडा लिइन्छ भन्ने व्यापक जनगुनासो आएपछि त्यसैले हामीले सबै सरोकारवालासँग छलफल गरेका थियौँ। त्यहाँ सबै विषयमा छलफल गर्दा सरकारले नै तोकिदिएको रेट भन्दा माथि जाने त कसैलाई अधिकार छैन तर लो रेट र हाइ रेटको बीचमा बढी डिमाण्ड भएको बेलामा चलखेल हुनसक्ने भएकाले हाइ रेटमा बढी बेच्नुभएछ। आजदेखि हामीले भनेका छौँ। तपाईहरुले लो रेटका टिकटहरु बढी बेच्नुहोस् र हाइ रेट घटाउनुस् भनेका छौँ। जनताले गरेका गुनसा अब नआउन् भनेको छु। बजारमा देखिएको भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ। प्रतिष्पर्धामा सेवा दिएर आफ्नै जहाज भएपछि नियन्त्रण हुन्छ। अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीसँग बसेर अहिलेको आर्थिक समृद्धिको ठूलो पाटो भनेको पर्यटन हो, पर्यटन नआइ समृद्धि सम्भव छैन, पर्यटक चाहिने हो भने जहाजमा के सुविधा दिनसक्छौँ। त्यो गर्नुपर्छ। त्यसबारेमा छलफल गर्नुपर्छ।’

प्रकाशित: २९ आश्विन २०८० १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App