८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

फेडरलको दोस्रो वार्षिक सभा

फेडरल रिइन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ। साथै, सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आव २०८०/८१ का लागि लेखा परीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ।

यस्तै विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई सेयर निष्कासन, कम्पनी गाभ्ने, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। सो समारोहमा संस्थालाई योगदान पुर्‍याउने संस्था, व्यक्ति तथा कर्मचारीहरूलाई सम्मान समेत प्रदान गरेको छ।

प्रकाशित: २६ आश्विन २०८० ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App