मुक्तिनाथ विकास बैंकले इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।
बैंकले ग्राहकलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता पिनाकल मोटोराडसँग लिफान नेपालको इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने सम्झौता गरेको हो।
व्यावसायिक सम्झौतापश्चात् बैंकका कर्मचारीहरू र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभी स्कुटरहरूको खरिदमा विशेष क्यास छुट र एक्सचेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन्।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८० ०२:५५ बिहीबार





