१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकद्वारा न्युरोडमा भवन निर्माण

हिमालयन बैंकले खिचापोखरी न्युरोडमा भवन निर्माणको लागि शिलान्यास गरेको छ ।  

बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पुजा गरेका छन् । बंैकका अध्यक्ष श्रेष्ठले बंैकले भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए ।

उनले इटहरी, वीरगञ्ज र भैरहवामा बैंकले आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताउँदै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बंैकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

प्रकाशित: १८ आश्विन २०८० ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App