१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

भृकुटीमण्डपको जुत्ता मेलामा ६० प्रतिशतसम्म छुट

नेपालीहरूको महान पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा ‘दशैं फुटवेयर मेला–२०८०’ सुरु भएको छ।

नेपालका प्रतिष्ठित १० कम्पनीको आयोजनामा यही असोज ३ देखि सुरु भएको मेला आगामी कात्तिक ४ गतेसम्म चल्ने दशैं जुत्तामेला संयोजक सविन कार्कीले जानकारी दिएका छन्। मेलामा शिखर सुज, रन सुज, ब्याम्बो सु, पिजी सु, आइडल सु, हिमानी सु, स्मार्ट सु, वान वर्ल्डस सु, सुल्याण्डको स्टल राखिएको छ।

संयोजक कार्कीका अनुसार एक महिने मेलामा महिला, बालकालिका, पुरुष सबै उमेर समूहलाई हुने गरी १० कम्पनीका ३० भन्दा बढी ब्राण्ड एक हजारभन्दा बढी मोडल राखिएका छन्। असोज १० गतेदेखि छुट अफर सुरु हुने मेलामा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १० आश्विन २०८० ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App