२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपालमा साओमीको पाँच वर्ष

साओमीले नेपालमा पाँच वर्ष पूरा गरेको छ । यसैक्रममा नेपालमा साओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि पूरा गरेको जनाएको छ ।  

विगत पाँच वर्षमा साओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको उल्लेख गर्दै टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको कम्पनीको दाबी छ । यस्तै साओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको बताएको छ ।  

यसैक्रममा कम्पनीले ग्राहकको चाडपर्र्व थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा दुई हजारसम्मको आकर्षक छुट दिइरहेको छ । साथै कम्पनीले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी साओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता गरेको जनाएको छ ।

कम्पनीका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, कम्पनीले पाँचौं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी भएको जनाउँदै ग्राहकहरू तथा पार्टनरहरूको विश्वास र समर्थनप्रति आभारी भएको बताए ।

प्रकाशित: ९ आश्विन २०८० ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App