१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौता कार्यान्वयन गर्न बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई­) लिमिटेडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

सम्झौता अनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्न आधिकारिक डिष्ट्रिब्युटर्सलाई आवश्यक चालु पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ। साथै बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरूले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्नेछन्।

प्रकाशित: ८ आश्विन २०८० ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App