३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।

माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ।आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश पाउने गरी बुक क्लोज गरेको छ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिन असोज २६ गते साधारणसभा बोलाएको छ।सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साथै,अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरको एनआइसी एशिया बैंकले असोज २८ गते साधारणसभा बोलाएको छ।

प्रकाशित: ७ आश्विन २०८० ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App