६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ। एडिबीले वित्तीय व्यवस्थापन सुदृढीकरण र विकेन्द्रीकरणलाई प्रवद्र्धन गर्ने भन्दै सो रकम बराबरको सहुलियत ऋण स्वीकृत गरेको हो। एडिबीले सो सहुलियतको रकम सार्वजनिक वित्त व्यवस्थापन, ऋण व्यवस्थापन र राष्ट्रिय योजना व्यवस्थापन लगायतका क्षेत्रमा खर्चिन सकिनेछ।

व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले एडिबीको सहुलियतमूलक ऋणमार्फत पुँजीगत खर्च गर्ने क्षमतामा बढाउन सहयोग पुग्ने बताए। ‘एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न सार्वजनिक उद्यमहरूलाई सुधार गर्न, वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न डिजिटाइजेसन, विकास वित्तीय संस्थाहरूबाट थप स्रोतहरू लिने, र लैङ्गिक र जलवायु–उत्तरदायी कार्यान्वयन गर्न सहजीकरण गर्ने अपेक्षा राखेका छौं,’ उनले भने।

एडीबीले विगत लामो समयदेखि नेपाललाई खर्च र ऋण व्यवस्थापन सुधार गर्न सहयोग गर्दै आएको छ। कार्यक्रममा वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति र त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन समावेश छ।

‘एडीबी कार्यक्रमले संविधानमा उल्लिखित वित्तीय संघीयतालाई सुदृढ गर्नका लागि हस्तान्तरण गरिएका सार्वजनिक सेवाहरूको संस्थागत र सञ्चालनमा सहयोग गर्नेछ’ एडीबीको सार्वजनिक व्यवस्थापन विशेषज्ञ रचना श्रेष्ठले भनिन्, ‘स्थानीय सुशासनलाई सुदृढ गर्न र सुदृढ सेवाहरू प्रदान गर्न र नीतिगत रूपमा सुधारको काम गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।

यी कार्यक्रमले नगरपालिकाहरूलाई सम्पत्ति करको दर परिमार्जन र अद्यावधिक गर्न, राजस्व वृद्धि गर्न, लैङ्गिक र जलवायु उत्तरदायी मध्यकालीन खर्च ढाँचा लागु गर्न र सार्वजनिक लगानी व्यवस्थापनमा सुधार गर्न मदत पुग्ने बताइएको छ।

प्रकाशित: ७ आश्विन २०८० ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App