१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी संयुक्त राष्ट्रसंघको महासभाको एउटा बेग्लै छलफल कार्यक्रममा उक्त सहयोग घोषणा गरिएको हो।

युएसएआइडीको ‘डेमोक्रेसी डेलिभर्स’ कार्यक्रमअन्तर्गत विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआइडीकै प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा सो सहयोग गर्ने भएको हो। यसबाहेक पनि लोकतान्त्रिक विकासका लागि युएसएआइडीको साझेदारी कार्यक्रममार्फत बहु वर्षका लागि ६९ लाख अमेरिकी डलर सहयोग नेपालले प्राप्त गर्ने बताइएको छ।

सो कार्यक्रममा युएसएआइडी नेपालका कार्यवाहक निर्देशक केरेन बेल्चले स्थानीय सुशासन बलियो बनाउन र नेपाली सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नेपालको जारी प्रयासलाई होस्टेमा हैंसे गर्न थप स्रोत लगानी गर्नेसमेत बनाइन्।

प्रकाशित: ५ आश्विन २०८० ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App