६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि लागु हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत् रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत थिए। उनीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ। रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेका छन्। 

प्रकाशित: ३ आश्विन २०८० ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App