२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्याम्स क्लिनिक शुभारम्भ

अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरूले काठमाडौंको नयाँबानेश्वरमा विशेषज्ञ क्लिनिक सञ्चालनमा ल्याएका छन्। शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेसलिष्ट (क्याम्स)को औपचारिक शुभारम्भ गरिएको हो।

क्लिनिकको अमेरिकाबाटै फर्किएका क्लिनिकका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ प्राडा जनक कोइराला र क्लिनिकका पहिलो विदेशी बिरामी मार्किन लोगेनले संयुक्त रूपमा पानसमा वत्ती बालेर उद्घाटन गरेका थिए।

निःशुल्क शिविरमा ६० जनाभन्दा बढीले सेवा लिएको क्लिनिकका प्रबन्ध निर्देशक डा. गुणराज ढुंगानाले जानकारी दिए। अमेरिकाबाट नेपाल फर्किएका विशेषज्ञ चिकित्सकहरूले अमेरिकामा सिकेको सीप र ज्ञान अमेरिकी उपचार पद्धतिलाई नेपालीलाई दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको बताएका छन्।

प्रकाशित: २ आश्विन २०८० ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App