१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

७६ हजारद्वारा नाडा अटो सो अवलोकन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ। सोमा करिब ७६ हजार दर्शकले अवलोकन गरेका छन्। सोमा अन्तर्राष्ट्रिय रूपमा नाम चलेका पछिल्लो मोडेलका सवारी साधनहरूका कारण यो प्रदर्शनी निकै भव्य तवरले सम्पन्न भएको छ।

थुप्रै नयाँ ब्रान्डका सवारी साधनका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो। आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो सोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन टेवा पुगेको नाडाले जनाएको छ।

यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (विवाइडी) प्रालिले जितेको छ र उत्कृष्ट दुई पाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल अवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स ) ले जितेको छ र बेष्ट सपोर्टिङ स्टलको बेष्ट एवार्ड पौडेल इन्टरप्राइजेज (लिक्विइमोली स्टुडोजले) जितेको छ।

नाडा अटो सोलाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजन गरेको थियो । सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्कले गरेको थियो। यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो।

समापन कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापाले नाडा अटो सोलाई सफल बनाउन सहयोग पुर्‍याउने सबै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए। प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाडौं समर्पणसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको थियो।

६ दिनसम्म चलेको सो प्रदर्शनीमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत लगायत विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूले समेत अवलोकन गरेको नाडा अटो सो व्यवस्थापन समितिका सभापति अनुप बरालले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०८० ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App