२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

रियल-मीको डिस्ट्रिब्युटर मिट

रियल-मीले ‘डिस्ट्रिब्युटर मिट-२०२३’ सम्पन्न गरेको छ। उक्त डिस्ट्रिब्युटर मिटमा नेपालभरका ४० भन्दा बढी डिलरहरू सहभागी थिए।

आफ्ना डिस्ट्रिब्युटरसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले उक्त मिटको आयोजना गरिएको कम्पनीले जनाएको छ। साथै डिस्ट्रिब्युटरहरूसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्न पनि यस मिटको आयोजना गरिएको कम्पनीले बताएको छ।

रियल–मी नेपालका कन्ट्री हेड मुनिस गिरीले आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँदै र एकअर्कालाई हौसला दिँदै आजका दिनसम्म आइपुगेको जनाउँदै डिस्ट्रिब्युटरहरू नै कम्पनी ब्रान्डको मेरुदण्ड भएको र ग्राहकलाई जोड्ने पुल भएको बताए। कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरलाई उनीहरूको सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो।  

प्रकाशित: २८ भाद्र २०८० ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App