१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द

कपिलवस्तुमा एक वर्षमा ७८ साना उद्योग र ९६ बाणिज्य फर्म बन्द भएका छन। गत आर्थिक वर्ष २०७९/०८० मा सो उद्योग र ब्यापारिक फर्म बन्द गरिएका हुन्।

घरेलु तथा साना उद्योग कार्यालय अनुसार उत्पादन मुलक २१, कृषि तथा वन ३१, सेवा मुलक २६ वटा गरी कुल ७८ साना उद्योग बन्द भएका हुन्। यस्तै बाणिज्य तर्फका किराना पसल ८, हार्डबेयर ११, जुत्ता पसल २, कपडा पसल ९,कस्मेटिक १ , गिफ्ट हाउस २, ई मोबाईल कम्प्युटर १, मदिरा पसल २, बिबिध पसल ४६ वटा पसल बन्द भएका हुन्। विगत ५ वर्षमा भने कुल ३ सय ८१ साना उद्योग तथा ६ सय २८ बाणिज्य फर्महरु बन्द भएका छन्।

आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म सो उद्योग र बाणिज्य फर्म बन्द भएका हुन्। आर्थिक वर्ष २०७५/०७६ मा ६१, आर्थिक वर्ष ०७६/०७७ मा ७५, आर्थिक बर्ष ०७७/०७८ मा ७७ र आर्थिक वर्ष ०७८/०७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए। यस्तै बाणिज्य फर्म अन्र्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६/०७७मा १ सय ७८, आर्थिक वर्ष २०७७/०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका हुन्। कोरोना काल पछि असहज स्थिति बन्दै गए पछि उद्योग धन्दा खुल्नेक्रम भने घटेको छ। गत वर्ष आर्थिक स्थिति असह बने पछिसाना उद्योग र बाािण्ज्य फर्म भने नविकरण नभएर बन्द भएको प्रमुख प्रेम बहादुर गौतमले बताए।  

५ वर्षमा थपिए ५५ सय बढी साना उद्योग

कपिलवस्तुमा ५ बर्ष यता कपिलवस्तुमा  ५  हजार ५ सय ६७ साना उद्योग थपिएका छन्। आर्थिक वर्ष  २०७५/०७६ देखि गत आर्थिक वर्ष २०७९/०८० सम्म जिल्लामा सो उद्योग थपिएका हुन्। आर्थिक वर्ष २०७९/०८० मा ६ सय ५८ उद्योग दर्ता भएका छन्। जुन पछिल्लो ५ वर्ष यताकै सबै भन्दा कम हो। प्रालि, साझेदारी र प्राईभेट गरी त्यति संख्यामा साना उद्योग थपिएका हुन्। आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ४१७, २०७७/०७८ मा १ हजार २९१, २०७६/०७७ मा  १ हजार ४७ तथा ०७५/०७६ मा १ हजार १५४ उद्योग दर्ता भएका थिए।  

उत्पादनमुलक कृषि तथा बनजन्य उद्योग निर्माण उद्योग सेवामुलक उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम बहादुर गौतमले बताए। गत आर्थिक वर्ष उत्पादनमुलक ७८, कृषि तथा वन जन्य ३ सय ८६, निर्माण उद्योग ३,पर्यटन २, सेवामुलक १ सय ८९ उद्योग थपिएका हुन्। गत वर्ष ३ सय ४१ जना महिला र ३ सय १५ गरी ६ सय ५७ जना नया उद्योगमी थपिएका छन्। जसबाट ३ हजार ७४ जनाले रोजागरी पाएका छन्। गत आर्थिक वर्ष थपिएका साना उद्योगमा स्थिर पुजी ८९ करोड ६५ लाख ८८ हजार ९७० रुपैया, चालु पुजी ३३ करोड ४५ लाख ५८ हजार ६ सय १६, गरी कुल १ अर्व २३ करोड ११ लाख ४७ हजार ५८६ रुपैया लगानी गरिएको छ। उद्योगबाट कुल १ अर्व ४५ करोड ६६ लाख ९३ हजार ७ सय २५ रुपैयाको उत्पादन क्षमता देखाइएको छ। उता गत आर्थिक वर्ष बाणिज्य तर्फ ४ सय २३ जना फर्म दर्ता भएका छन। घरेलु तथा साना उद्योग कार्यालयबाट विभिन्न १९ वटा सिपमुलक तालिमबाट ३ सय जनाले तालिम लिएका छन।

यस्तै ८ वटा विद्यालयलमा उपभोक्ता शिक्षा कार्यक्रम संचालन गरी ४ सय ३२ विद्यार्थीलाई जानकारी गरिएको थियो। गत आर्थिक वर्ष कार्यालयमा कुल ८१ लाख ३६ हजार ८२४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका लेखापाल गोबिन्द प्रसाद तेलीले बताए। कोरोना काल पछि उद्योग र ब्यापारिक फर्मको संख्या घटनु चिन्ताको बिषय भएको कार्यालय प्रमुख गौतमले बताए। चार वर्ष यता जिल्लामा उद्योग धन्दा खुल्नेक्रम घटदै गएको उनले बताए। ‘ पछिल्लो ५ वर्ष यता ६० देखि ९० वटाको हाराहारीमा उद्योग बन्द भएका छन’ उनले भने ‘यो राम्रो संकेत होईन’ उनले भने। ब्यवसायमा निरन्तर घाटा लागे पछि उद्योगी ब्यवसायीहरुले आफनो फर्म बन्द गर्न बाध्य भएको उनले बताए। सशस्त्र माओबादी द्धन्द पछि शान्ति स्थापना भए यता कारोनाकाला अघिसम्म उद्योग धन्दा खुल्नेक्रम थियो। ‘उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको थियो तर कारोनाकालका असर अहिले देखिन थालेको छ’ उनले भने। कोरोना भाइरसका कारण उद्योग धन्दा पनि मारमा परको उनले बताए।

कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष डोलकराम घिमिरेले उद्योग धन्दा र ब्यापारको संख्या कम हुनु चिन्ताको बिषय भएको बताए। कोरोना काल यता अहिले देशमा आर्थिक मन्दी छाएको र ब्यापारीहरु आफनो ब्यवसायमा टिक्न गाह्रो परेको बताए। उनले साना र उद्योग र ब्यापारलाई सररकारले प्रबद्र्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको बताए।  

प्रकाशित: २२ भाद्र २०८० ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App