२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन

नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन गरेको छ।  

बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन्।

स्टेशनको उद्घाटन गर्दै बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताए।

मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गरे। देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने  विश्वास रहेको उनको भनाई छ।

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए। सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरे।  

चार्जिङ स्टेशन धादिङको धार्के २, चितवन मुग्लिङ १, साझा सेवा बल्खु काठमाडौं २, साझा सेवा पुल्चोक ललितपुर १, नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं १, नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १,पारस बसपार्क चितवन २, खुर्कोट सिन्धुली २, सिन्धुली बसपार्क सिन्धुली १, इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी २, हरिवन सर्लाही २, इनरुवा बसपार्क सुनसरी १, प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २, कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २ वटा रहेको छ।

त्यस्तै पर्यटक बसपार्क पोखरा कास्की १, दमक बसपार्क झापा २, बेलका नगरपालिका उदयपुर २, बिर्तामोड बसपार्क झापा २, सुर्खेत बसपार्क सुर्खेत २, हेटौंडा, रातमाटे मकवानपुर २, विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर १, प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं २, बेगनास ताल, पोखरा कास्की १, बुटवल बसपार्क रुपन्देही २, इटहरी सुनसरी १,विराटनगर मोरङ १, कोहलपुर नयाँ बसपार्क बाँके २, धनगढी कैलाली २, त्रिशूली हावा घर नुवाकोट १, बट्टार, त्रिशूली नुवाकोट १, कुश्मा पर्वत १, लमही बसपार्क दाङ २ र लम्की कैलालीमा १ वटा रहेको छ।

प्रकाशित: २० भाद्र २०८० ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App