१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआरएनए अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष पदका उम्मेदवार अधिकारीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघको ११ औं महाधिवेशनमा संघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन्।

संघको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। अधिकारीले ‘एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए।

नेपालमा लगानीको वातावरण बनाइ दीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता रहेको बताए। गोर्खा जिल्लाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिचडी गर्दैछन्।

अधिकारी नेपालमा दर्जनौं व्यवसायमा आबद्ध रहँदै आएका छन्। गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र संरक्षक समेत हुन्। 

प्रकाशित: ८ भाद्र २०८० ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App