विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ। सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ हजार अमेरिकी डलर लिँदै आएकोमा ३ हजार डलर बढाएर १५ हजार अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ। विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी (छौटौ संशोधन) नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ।
सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो। पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथा लगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले बताए। ‘हिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ,’ उनले भने, ‘यही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशोधनको तयारीमा छौं। सबै हिमाल आरोहण अनुमतिको रोयल्टी बढाउने गरी नियमावली संशोधन गरेको उनले बताए।
यसैगरी विभागले नियमावली संशोधन पश्चात् शरद ऋतु (अटम सिजन) मा सगरमाथा आरोहण दस्तुर ७ हजार ५ सय अमेरिकी डलर लिन लागिएको महानिर्देशक लुइँटेलले बताए। हाल विभागले शरद ऋतुमा सगरमाथा आरोहण अनुमति दस्तुर ५ हजार ५ सय अमेरिकी डलर लिँदै आएको छ। यो दस्तुर विदेशी नागरिकका लागि लागि हो।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ। सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ।
यस्तै ग्रीष्म ऋतु (समर सिजन) र शिशिर ऋतु (विन्टर सिजन) मा विदेशी नागरिकलाई सगरमाथा आरोहणका लागि नयाँ संशोधन नियमावली अनुसार ३ हजार ७ सय ५० अमेरिकी डलर लिने तयारी गरिएको छ।
हाल विभागले दुवै सिजनमा सगरमाथा चढ्दा २ हजार ७ सय ५० अमेरिकी डलर लिंँदै आएको छ। विभागले सगरमाथा लगायत अन्य हिमालहरूमा सिजन अनुसार आरोहण दस्तुर फरक फरक तोकेको छ। आरोहण दस्तुर रकम विदेशी र नेपालीलाई पनि फरकफरक रहेको छ।
यस्तै नेपाली नागरिकका लागि सगरमाथा आरोहण शुल्क वसन्त ऋतुमा १ लाख ५० हजार रूपैयाँ र शरद ऋतुमा ७५ हजार रूपैयाँ लाग्ने गरी नियमावलीमा प्रस्ताव गरिएको विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक, प्रवक्ता तथा सूचना अधिकृत युवराज खतिवडाले बताए।
उनका अनुसार हजार मिटरमाथिका अन्य हिमाल चढ्न नेपालीले वसन्त ऋतुमा ५० हजार रूपैयाँ र शरद ऋतुमा २५ हजार रूपैयाँ लाग्ने गरी प्रस्ताव गरिरहेको बताए। निर्देशक तथा प्रवक्ता खतिवडाका अनुसार विभागले वसन्त ऋतुमा ८ हजार मिटरभन्दा धेरै उचाइ भएका अन्य हिमाल आरोहण गर्दा ३ हजार अमेरिकी डलर र शरद ऋतुमा आरोहण गर्दा १५ सय अमेरिकी डलर दस्तुर रकम तिर्नु पर्ने गरी नियमावली संशोधन भइरहेको बताए। उनले अरू दुई ग्रिष्म र शिशिर ऋतुका लगि भने ७ सय ५० अमेरिकी डलर लिने तयारी गरिरहेको बताए।
हाल यसका लागि विभागले ४ सय ५० अमेरिकी डलर लिँंदै आएको छ। कुनै पनि विदेशी नागरिकले विभागबाट वसन्त ऋतुमा ८ हजार मिटर भन्दा धेरै उचाइ भएका हिमाल आरोहण गर्न चाहेमा १ हजार ८ सय अमेरिकी डलर र शरद ऋतुमा हिमाल आरोहण गर्दा ९ सय अमेरिकी डलर दस्तुर रकम तिर्नु पर्ने व्यवस्था छ।
हाल विभागले दुवै सिजनमा सगरमाथा चढ्दा २ हजार ७ सय ५० अमेरिकी डलर लिंँदै आएको छ।
यस्तै विभागले वसन्त ऋतुमा मनास्लु हिमाल आरोहण १ हजार ५ सय अमेरिकी डलर र शरद ऋतुमा चढ्दा ७ सय ५० अमेरिकी डलर तिर्नुपर्ने गरी प्रस्ताव गरिरहेको छ। यस्तै विभागले अमादब्लम हिमाल चढ्न विदेशीलाई वसन्त ऋतुमा १ हजार अमेरिकी डलर र बाँकीका सिजनमा ५ सय अमेरिकी डलर लिने गरि प्रस्ताव गरेको छ। यसैमा नेपाली नागरिकको सवालमा भने विभागले वसन्त ऋतुमा ४० हजार रूपैयाँ र शरद ऋतुमा २० हजार रूपैयाँ रकम लिने गरी प्रस्ताव गरिरहेको जनाएको छ।
यसै क्रममा विभागले नियमावली संशोधन गर्ने क्रममा पाराग्लाइडिङसम्बन्धी व्यवस्थासमेत गरेको छ। यदि कसैले हिमाल आरोहणसँगै पाराग्लाइडिङ गर्न चाहन्छ भने सो व्यक्तिले हिमाल चढे बराबरको अनुमति दस्तुर तिर्नुपर्ने गरी नियमावलीमा प्रस्ताव गरिएको विभागका महानिर्देशक लुइँटेलले बताए।
उनले भने ‘यदि कोही आरोहीले सगरमाथाबाट पाराग्लाइडिङ गर्न चाहन्छ भने उसले दस्तुर स्वरूप १५ हजार अमेरिकी डलर थप तिर्नुपर्ने गरी नियमावली आउँदैछ।’ उनले थपे, ‘जुन हिमालबाट आरोहीले पाराग्लाइडिङ गर्छ हिमाल आरोहण अनुसारकै थप दस्तुर तिर्नुपर्ने हुन्छ।’
यस्तै विभागले वसन्त ऋतुमा मनास्लु हिमाल आरोहण १ हजार ५ सय अमेरिकी डलर र शरद ऋतुमा चढ्दा ७ सय ५० अमेरिकी डलर तिर्नुपर्ने गरी प्रस्ताव गरिरहेको छ।
यस्तै नियमावलीमा हिमालमा हुने फोहर र शव व्यवस्थापनको विषयलाई पनि प्रमुख प्राथमिकतामा राखिएको निर्देशक तथा प्रवक्ता खतिवडाले बताए। उनले भने, ‘कुनै पनि आरोहण दलका सदस्यको हिमालमा मृत्यु भएमा आरोहण एजेन्सी तथा दलले उक्त शव व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरिएको छ। शव व्यवस्थापन नगरे अर्को आरोहणका लागि अनुमति नदिने तयारी गरेका छौं।’
उनले थपे, ‘अब मन्त्रालयले के गर्छ थाहा छैन् तर हिमालमा मान्छे मरिरहने र विभागले आलोचना खेपिरहने त भएन नि ! जसको जिम्मेवारी हो उसैले त्यसको व्यवस्थापन पनि गर्नुपर्छ, जो हिमाल जान्छ उसैले सफा गर्नुपर्छ विभागले यसका लगि आवश्यक सहयोग गर्छ।’
प्रकाशित: ३१ श्रावण २०८० ०१:५६ बुधबार