१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बिजिनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘बिजिनेस एक्सिलेन्स कन्फ्रेन्स’सम्पन्न भएको छ। चितवनमा सम्पन्न भएको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो। सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएको बताए। यस्तै सञ्चालक कृष्णराज लामिछानेले हरेक मान्छेले आफ्नो भ्यालु क्रिएसनमा जोड दिनुपर्ने विचार व्यक्त गरे। सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललगायतले सबै सहभागीहरूलाई प्रमाणपत्रका साथै आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरू र शाखा एवं उपशाखाहरूलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरे।

 

प्रकाशित: २३ श्रावण २०८० ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App