८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतको प्रतिबन्धले चामलको भाउ बढ्यो

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले चामलको भाउ बढाएका छन्। चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।

नेपाल चामलमा आत्मनिर्भर नभएकाले ठूलो परिमाणमा भारतबाट चामल लगायतका खाद्यान्न आयात हुन्छ। आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ३७ अर्ब रूपैयाँको चामल आयात भएको छ। १८ सय रूपैयाँ बोराको जिरा मसिना चामलको मूल्य बढेर २ हजार रूपैयाँ पुगेको छ।

नेपालमा गत वर्ष ५५ लाख मेट्रिक धान उत्पादन भएको थियो। नेपालमा ७० लाख मेट्रिक टन चामल खपत हुन्छ। यहाँ १६ लाख मेट्रिक टन धान अपुग भएकाले ठूलो परिमाणमा चामल आयात हुन्छ। चामल मात्र नभएर बजारमा अन्य खाद्य वस्तुको मूल्य पनि बढेको छ। तेल लिटरमा २० रूपैयाँसम्म वृद्धि भएको छ। सनफ्लावर १ सय ९०बाट २ सय १० रूपैयाँ लिटर पुगेको छ। भटमासको तेल लिटरमा १० रूपैयाँ बढेको छ। चिनी एक हप्ताभित्र ८८ रूपैयाँबाट प्रतिकिलो ११ रूपैयाँ बढेर ९९ रूपैयाँ पुगेको छ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले चामलको भाउ बढाएका छन्। चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।

दैनिक उपभोग्य वस्तुको भाउ बढेपछि उपभोक्ता मारमा परेका छन्। यसले निम्न आय भएका मजदुर, विद्यार्थी लगायत प्रभावित भएका छन्। खाद्य वस्तुको मूल्य बढ्दा उपभोक्ताको भान्सा महँगो भएको छ। अनुगमन प्रभावकारी नहुँदा मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

‘भारतबाट आयात रोकिँदासाथ चामलको मूल्य बढाएका छन्,’ उनले भने, ‘सरकारले अनुगमन गरेर कानुनी दायरामा ल्याउनु पर्छ।’ खरिद महँगो भएर बढ्नु स्वाभाविक भए पनि मनपरी मूल्य बढाएको उनले बताए।

खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन थालेको थियो। नेपाल सरकारको अनुरोधमा वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट दिँदै आएको भए पनि अहिले निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपाली उपभोक्ता पर्ने भएका छन्।

मुलुक चामलमा आत्मनिर्भर नभएकाले कूटनीतिक पहल गरी भारतबाट चामल आयातको प्रतिबन्ध खोल्नुपर्ने व्यापारीहरू बताउँछन्। ‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई मूल्य नियन्त्रण गर्दै सहुलियत दरमा दैनिक अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न माग गरेका छन्। दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको चामल, पिठो, नून, चिनी तथा खाद्य तेलको अभाव हुँदा समस्या पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष महर्जनले बताए।

खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारत लगायत अन्य मुलुकबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल मिनाहा गरी शून्य भन्सार दरमा आयात गरी अन्तर्राष्ट्रिय बजारमूल्यमा नै बिक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए। ‘चामल निकासीमा लगाइएको प्रतिबन्ध समेतलाई आधार बनाइ भारत लगायत तेश्रो देशबाट नेपालको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा बिक्री वितरण गनुपर्छ,’ उनले भने।

यो वर्ष धान रोपाइँ कम भएकाले आयात अझ बढ्ने अनुमान गरिएको छ। भारतबाट मात्र करिब २१ प्रतिशत चामल आयात हुन्छ। मुलुकको अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष धान रोपाइँ निकै न्यून भएको छ। समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो।

अन्न भण्डारण मानिने तराईमा कम रोपाइँ भएपछि यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ। यो वर्ष मुलुकभर पोहोर भन्दा १३ प्रतिशत कम रोपाइँ भएको छ। गत शुक्रबारसम्म मुलुकभर ७७ प्रतिशत मात्र रोपाइँ भएको छ।

पोहोर सोही अवधिमा ९० प्रतिशत रोपाइँ भएको सरकारी तथ्यांकले देखाउँछ। मुलुकमा आवश्यकताअनुसार धान उत्पादन नहुँदा विदेशबाट आयात भैरहेको छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो मसिनो चामल प्रयोग गर्दै आएका छन्।  

प्रकाशित: १७ श्रावण २०८० ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App