१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

फोनपे अभियानको विजेता पुरस्कृत

फोनपे ले "फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आई फोन १३ जित्ने हो" नामक योजना अन्तर्गत,एक भाग्यशाली विजेताको घोषणा गरेको छ|काठमाडौँ स्थित नेपाल बिधुत प्राधिकरणको कार्यालयमा श्रावण ११ गते, यस योजनाका भाग्यशाली विजेता अनुप सिकर्मी लाई आई फोन १३ हष्तान्तरण गरिएको छ|उपहारको हस्तान्तरण नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक  कुलमान घिसिङ्गले गरेका  हुन।

 उक्त योजना गत जेष्ठ महिना भरि लागू गरिएको थियो|यस योजनाले हजारौंको संख्यामा ग्राहकहरूको सहभागिता देख्नु को साथ साथै देश व्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त गरेको फोनपे जनाएकाे छ|

यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अवधि भर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको थियो|

फोनपेका प्रमुख कार्यकारी अधिकृत  दिवस कुमारले  आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरूलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरू थप्दै जाने र पुराना भुक्तानी माध्यमका अप्ठ्याराहरूलाई सजिलो बनाउँदै लैजाने प्रतिबद्धता देखाए|३ वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै ग्राहकहरूको आकर्षण बढेको छ|

प्रकाशित: १५ श्रावण २०८० १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App