१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुन प्रकरणमा म माथि लागेको आरोपबारे छानबिनका लागि तयार छु: वर्षमान पुन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।

आज संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए। पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको धारणा व्यक्त गरे। उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए।

राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढंगले छानबिन गर्नुपर्ने पनि बताए। 

प्रकाशित: १५ श्रावण २०८० ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App