२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न

अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवमा स्थानीय रिभोलुसन ब्याण्डले लाइभ संगीतिक प्रस्तुति गरेका थिए। ब्याण्डले प्रस्तुत गरेका शास्त्रीय र समकालीन गीतहरूको प्रस्तुतीले स्थानीय कलालाई होटलले सम्मान गरेको जनाएको छ।

यस्तै सेफ राजीव र उनका सहकर्मी सम्मिलित टोलीले तयार गरेको स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू प्रस्तुत गरिएका थिए।

महाप्रबन्धक विक्रम सिंहले चार वर्षमा होटलले पाएको अत्यधिक समर्थन र मायाले अत्यन्तै प्रभावित भएको बताए। उनले वार्षिकोत्सव उपस्थित पाहुना, साझेदार तथा संरक्षकहरूसँग सम्बन्ध स्थापित गर्ने साझा मञ्च भएको बताए। उनले सबैसँगको मायालु सम्झनाहरू र अर्थपूर्ण सम्बन्धहरू निरन्तर रहिरहने अपेक्षा गरेको बताए।

यस्तै होटलका अध्यक्ष पृथ्वी बी पाण्डेले अलफ्ट लामो समयदेखिको सपनाको प्रतिबिम्ब भएको बताए। उनले अलफ्टसँग जोडिएका संरक्षकहरू र अतिथिहरूप्रति कृतज्ञा व्यक्त गर्दै होटलको निरन्तर सफलता र साझा यात्राको कामना गरेका छन्। यसैक्रममा होटलले अतिथिहरूको निरन्तर सहयोगको कदर गर्दै १ सय ५० जना सहभागीलाई सम्मान गरेको थियो।

प्रकाशित: १५ श्रावण २०८० ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App