६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सबै मिल्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा पर्नसक्ने प्रभाव नियन्त्रण गर्न सरकार, नियामक निकाय र निजी क्षेत्र बिच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताएका छन।

आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले अहिले नेपालले सहुलियतपूर्ण कर्जा र अनुदान पाइरहेको उल्लेख गर्दै नेपाल स्तरोन्नति भइसकेपछि पाउँदै आएको अनुदान हट्दै जाने भएकाले त्यसबारेमा सबै निकायले सोच्नुपर्ने बताए। उनले निर्यातमा आवद्ध उद्योगी व्यवसायीहरुलाई यसबाट पर्न सक्ने असर र कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना सरकारले सोच्नुपर्ने बताए। उनले सरकारले आगामी दिनमा निर्यात प्रोत्साहनका लागि कस्तो नीति लिन खोजेको छ ? भन्ने विषयमा निजी क्षेत्रले थाहा पाउनुपर्ने धारणा राखे। अध्यक्ष अग्रवालले निर्यात बढाउन उत्पादकत्व बढाउने र उत्पादकत्व लागत घटाउने काम गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले नेपालले पाउँदै आएको सहुलियत भविष्यमा रोकिन सक्छ भनेर अहिले नै पछि हट्न नहुने बताए। उनले नेपाल कम विकसित राष्ट्र भएकाले पाउने धेरै सहायता घटे पनि विकाससिल मुलुकमा बढुवा हुँदा खुल्ने नयाँ प्रकारका अवसरलाई बुझ्नुपर्ने बताए। उनले नयाँ अवसरका लागि सरकारले तयारी गरिरहेको र यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्ने धारणा राखे। उनले नेपालको आर्थिक विकासका लागि अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा बढुवा भएर जानै पर्ने बताए।नेपाल एलसिडी ग्रेजुएट भएपछिको अवसर र चुनौतीका बारेमा अध्ययन हुन आवश्यक रहेको उनको भनाई थियो। 

प्रकाशित: १२ श्रावण २०८० १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App