१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बोरिङबाट पानी तानेर धान रोपाई

बोरिङबाट पानी तान्न पम्पी सेट जडान गर्दै इजहार मियाँ र उनका सहयोगी।

जीतपुरसिमरा उपमहानगरपालिका २४ का किसान इजहार मियाँ अंंसारी विगत एक महिना देखि बर्खे धान रोपाई गर्न अकाशे पानीको आशमा थिए।

लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।

अँसारी भन्छन्,'गत वर्षसम्म दुधौरा, बगरी खोलामा बाढीको पानी आउँदा धान रोपाई गर्न प्रयाप्त पानी भएको थियो। यस वर्ष वर्षा पनि थोरै भएको कारणले खोलाबाट पैनमा आउने पानी पनि आएको छैन। बोरिङबाट निकाल्ने पानी सुक्दै गएको छ।'

पहिला बोरिङबाट पानी तानेर एक दिनमै दुई बिघा खेतामा सजिलैले रोपाई गर्न सकिने भएपनि यो वर्ष बोरिङबाट पानी नआउदा रोपाई गर्न गाह्रो भएको उनले बताए।

बोरिङमा लगाइने पम्पी सेटको प्रति घण्टा तीन सय रुपैया भाडा तिर्नु पर्छ। पानी नआउदा एक बिघा क्षेत्रफलमा सिँचाई गर्न १२ हजार जति बढी खर्च तिर्नु पर्ने अवस्था आएको अंसारीले बताए।

ब्याडमा बिउँ राखेको २५ देखि ३० दिनसम्मको बिउँलाई खेतमा रोपाई गर्दा धान बढी उत्पादन हुने गरे पनि यस वर्ष पानी अभावमा ५० दिनको बिउँ रोपाई गर्न नसकेर ब्याडमै छोडिएको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र कलैया, बाराका प्रमुख जितेन्द्र यादवले बारामा बर्खे धान ४६ हजार हेक्टर क्षेत्रफलमा किसानहले गराउने गरेकोमा साउन १२ गतेसम्ममा त्यसको ७५ प्रतिशत मात्रै धान रोपाई गरिएको बताए।

कम वर्षाको कारणले गर्दा कतिपय किसानहरुले गरेका धान रोपाई सिचाई अभावमा सुक्ने अवस्थामा पुगेको यादवले बताए।

सिमरा विमानस्थल, जल तथा मौसम विज्ञान विभागका प्रविधिक लक्ष्मण प्रसाद कँडेलले गत वर्ष जेठको मध्यदेखि साउन महिनाको मध्यसम्म ६३६ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ४३० मिलिमिटर वर्षा भएको बताए।  

प्रकाशित: १२ श्रावण २०८० ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App