२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकद्वारा कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू गरेको छ। वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका क्षेत्रहरूमा सहयोग पुर्‍याउने हेतुले उक्त कार्यहरू गरिएको बैंकले जनाएको छ।

बैंकले शारीरिक रूपमा असहजता भोगिरहेका बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ। इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड प्रोस्थेटिक ह्याण्ड प्रदान गर्नेछ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस्तै जनस्वास्थ्य​ सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गर्न सम्झौता गरेको छ।  

प्रकाशित: १२ श्रावण २०८० ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App