१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

विपद् प्रभावित किसानलाई राहत

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ। प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बबाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो।

राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो। राहत वितरणका लागि मन्त्रालयले  २०७९ साल मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गरी विपद्बबाट प्रभावित किसानलाई निवेदन दिन आग्रह गरेको थियो।

निवेदन पेस भएका मध्येबाट छनोट भएका ४१ किसानलाई उक्त राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए। विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, कृषि ज्ञान केन्द्रलगायत सम्बन्धित निकायको सिफारिस र प्रमाणका आधारमा  किसानलाई राहत वितरण गरिएको हो।

प्रकाशित: ९ श्रावण २०८० १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App