६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अनररी कन्सुलर कर्प्सको साधारणसभा र चार्टर डे सम्पन्न

अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न भएको छ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्य तथा परराष्ट्रमन्त्री एन पी साउदको अतिथ्यतामा सम्पन्न उक्त साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको छ।

कार्यक्रममा उपराष्ट्रपति यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाइराख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यसमा एचसिसीएनको सहयोग रहने अपेक्षा गरेको बताए।

उनले नेपालमा लगानीका सम्भावना भएका क्षेत्र धेरै भएको बताउँदै विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक रहेको विचार व्यक्त गरेका छन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App