१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

डिएभी विद्यालयमा भरतनाट्यम शास्त्रीय साँझ सम्पन्न

डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न गरेको छ।

अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरूले विभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए। साथै भारतीय चर्चित कलाकारद्वय सौन्दर्या पानापिल र सशी रमेशले प्रस्तुति दिएका थिए।

डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यामिक तहका विद्यार्थीले क्रमशः ‘अलरिप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे। भरतनाट्यम प्रशिक्षकद्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीसँगै प्रस्तुत भएका थिए।

कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए।

उक्त सांस्कृतिक साँझ सुशिला आर्ट्स एकेडेमी काठमाडौं, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौं र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन्।

त्यसैगरी स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको बताइन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App