२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अल्पकालीन र दीर्घकालीन ब्याज दर घट्दै छ: नेपाल राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बाह्य क्षेत्रमा सुधार आएसँगै पछिल्ला महिनाहरूमा अल्पकालीन ब्याजदरहरू घटेको र यी ब्याजदर घटना दीर्घकालीन ब्याजहरू समेत घटन थालेको बताएको छ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर श्री महा प्रसाद अधिकारीले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

उनका अनुसार वाणिज्य बैङ्कहरूबिचको अन्तर बैङ्क कारोबारको भारित औसत ब्याजदर लगातार घट्दै गएर २०८० असारमा २.९८ प्रतिशतमा झरेको छ। २०७९ असारमा यस्तो ब्याजदर ६.९९ प्रतिशत रहेकोमा २०७९ असोजमा सबैभन्दा उच्च ८।५ प्रतिशत बिन्दुमा पुगेको थियो। त्यसैगरी, ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २०८० असारमा ६।१४ प्रतिशतमा झरेको छ। उक्त ब्याजदर २०७९ असारमा १०.६६ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.८९ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो।

यसैगरी बैङ्कले अल्पकालीन ब्याजदर घट्दै गइरहेको प्रभावस्वरुप पछिल्ला महिनाहरूमा दीर्घकालीन ब्याजदरहरू समेत घट्न थालेको उल्लेख गरेको छ।

वाणिज्य बैङ्कहरूको औसत आधार दर २०७९ पुसमा बढेर १०.९१ प्रतिशतसम्म पुगेकोमा २०८० जेठमा १०.१८ प्रतिशत कायम भएको छ। त्यस्तै, वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर पनि २०७९ पुसमा ८.५१ प्रतिशतसम्म पुगेकोमा २०८० जेठमा ७.९९ प्रतिशत कायम भएको छ। २०७९ माघमा १३।०३ प्रतिशत पुगेको कर्जाको भारित औसत ब्याजदर पनि क्रमशः घट्दै २०८० जेठमा १२.५३ प्रतिशत कायम भएको छ।

प्रकाशित: ७ श्रावण २०८० ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App