६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बोटको स्मार्टवाच र ब्लुटुथ सार्वजनिक

भारतको वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ।

बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो। कम्पनीले स्टोन १९० स्पिकरको मूल्य बिक्री मूल्य २ हजार ६ सय ९९ रूपैयाँ र स्टोर्म कलको मूल्य ४ हजार ४ सय ९९ रूपैयाँ तोकेको छ।

यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै दराजमा अहिले कमिङ सुनमा रहेका सामान साउन १ गतेबाट सार्वजनिक हुने भएका छन्। नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ।

यस्तै कम्पनीले पहिलो पटक स्टोन १९० ब्लुटुथ स्पिकर र स्टोर्म कल र वेभ बिट स्मार्टवाच खरिद गर्ने ३३ जना सेवाग्राहीलाई छुट दिने भएको छ। स्टोन १९० स्पिकर १ हजार ९ सय ९९ रूपैयाँ, वेभ बिट स्मार्टवाच २ हजार ९ सय ९९ रूपैयाँ र स्टोर्म कल स्मार्टवाच ३ हजार ९ सय ९९ रूपैयाँमा खरिद गर्न सक्नेछन्।

यसबाहेक कम्पनीले सोमबार दिउसो १२ बजे दराजको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ अफर अन्तर्गत छनोट भएका पाँच जनाले ३ हजार ४ सय ९९ रूपैयाँ पर्ने वेभ बिट स्मार्टवाच मात्र ३४ रूपैयाँमा पाउने जनाएको छ।

प्रकाशित: १ श्रावण २०८० ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App