८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

५० किसान पुरस्कृत

नगदसहित पुरस्कृत हुने दैलेखका किसान।

दैलेख जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसान पुरस्कृत भएका छन्। जिल्लाभरिका उत्कृष्ट ५० जना किसानलाई प्रोत्साहन स्वरूप पुरस्कृत तथा सम्मान गरिएको हो।

उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय दैलेखले ५० जना किसानलाई नगदसहित सम्मान गरेको जानकारी कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले दिए।किसानको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउन प्रोत्साहन स्वरूप ५ जना किसानलाई १० हजार, ४१ जना किसानलाई १५ हजार र ४ जना किसानलाई २० हजार नगदसहित सम्मान गरिएको कार्यालय प्रमुख पाण्डेले बताए। पुरस्कारले आफूलाई व्यवसायप्रतिको जिम्मेवारी तथा हौसला बढाएको किसान सरिता थापाले बताइन्।

प्रकाशित: ३१ असार २०८० ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App