१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंकको ब्याजदर फरक-फरक हुने

नेपाल बैंकर्स संघ मार्फत भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएका बैंकहरूले अब आआफ्नो ढङ्गले व्याज निर्धारण गर्ने भएका छन्। बिहीबार बसेको संघको बैठकले साउन १ गतेदेखि बैंकहरूले निक्षेपको व्याजदर आफैं निर्धारण गर्ने सहमति भएको हो। यो निर्णयसँगै अब बैंकहरूको ब्याजदर फरकफरक हुने भएको छ।

नेपाल बैंकर्स संघमार्फत ब्याजदर निर्धारण गर्दा कार्टेलिङ भयो भन्ने आरोप खेप्दै आएका बैंकहरूले ब्याज दर तोक्नेसम्बन्धी अधिकार बैंकलाई नै दिने निर्णय गरेका हुन्। बैंकमा तरलता थुप्रिएकाले बैंकहरूले निक्षेपको ब्याज दर घटाउने तयारीमा छन्।

नेपाल बैंकर्स संघले पहिलो पटक २०६७ पुसमा ब्यादरमा भद्र सहमति गरेर ब्याजदर निर्धारण गर्दै आएको थियो। कोरोना महामारीकाबीच अधिक तरलता भएपछि बैंकहरूले ब्याज दरमा भद्र सहमति हटाएको भए पनि २०७८ मा तरलता अभाव भएपछि फागुनदेखि फेरि भद्र सहमति गरेर ब्याजदर निर्धारण गरेका थिए। अहिले फेरि ब्याजदरको भद्र सहमति तोडेर ब्याजदर तोक्ने अधिकार बैंकलाई नै दिएका छन्।

प्रकाशित: २९ असार २०८० ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App