६ वैशाख २०८१ बिहीबार
अर्थ

र्‍याडिसन होटलका मालिक बीके श्रेष्ठको निधन

बी के श्रेष्ठ।

काठमाडौं— होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ।

श्रेष्ठ ४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय थिए। श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभलको ट्राभल एजेन्सी स्थापना गरेर पर्यटन क्षेत्रमा लागेका थिए। त्यही ट्राभल कम्पनीमार्फत् सफलता हात पार्दै उनी होटल व्यवसायतर्फ लागेका थिए। उनीले स्थापना गरेको र्‍याडिसन काठमाडौंका उत्कृष्ट पाँचतारे होटल माननिन्छ।

मंगलबार बिहान भैँसेपाटीस्थित निवासमा ६८ वर्षको उमेरमा उनको निधन भएको हो। क्यान्सर संक्रिमित उनको अस्पतालमा सघन उपचारपछि चिकित्सकले निवासमै उपचार गर्दै आएका थिए।

श्रेष्ठले सन् २०१४ देखि २०१६ सम्म हानको अध्यक्षको भूमिका निर्वाह गरेका थिए। ‘दुई महिनाअघि मैले उहाँलाई घरमै गएर भेटेको थिएँ, त्यतिखेर उहाँको स्वास्थ्य अवस्था राम्रै थियो’, हानका महासचिव विनायक शाहले नागरिकन्युजसँग भने, ‘फेरि कार्यसमितिका साथीहरु सबै भेट्न जाने तयारीमा थियौं। आज बिहान दुःखद खबर सुन्नु पर्‍यो।’ श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट संक्रिमित थिए।

श्रेष्ठका श्रीमती र तीन छोरी छन्। जेठी छोरी अमेरिकामा छिन्। माइली छोरीले र्‍याडिसनको व्यवस्थापन हेर्दै आएकी छिन्। कान्छी छोरी काठमाडौंमै अध्ययनरत छिन्।

श्रेष्ठ ४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय थिए। श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभलको ट्राभल एजेन्सी स्थापना गरेर पर्यटन क्षेत्रमा लागेका थिए। त्यही ट्राभल कम्पनीमार्फत् सफलता हात पार्दै उनी होटल व्यवसायतर्फ लागेका थिए। उनीले स्थापना गरेको र्‍याडिसन काठमाडौंका उत्कृष्ट पाँचतारे होटल माननिन्छ।

 

 

प्रकाशित: १६ जेष्ठ २०७४ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App