१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्पष्टीकरणको जवाफ नपठाएपछि दोस्रो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ। महानिर्देशक अधिकारीले मन्त्रालयले गत असार १२ गते पठाएको पत्रको जवाफ नपठाएपछि दोस्रो स्पष्टीकरण सोधेको हो।

पर्यटनमन्त्री सुदन किराँतीले मन्त्रालयले पठाएकोे पत्रको जवाफ के कति कारणले नदिएको हो भनी दोस्रो स्पष्टीकरण सोधेका छन्। मन्त्री किराँतीले पठाएको पत्रमा भनिएको छ, दोस्रो पत्रको जवाफ तीन दिनभित्र नआए कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने उल्लेख छ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए।

यसअघि मन्त्री किराँतीले आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल भएको भन्दै महानिर्देशक अधिकारीलाई ७ दिनभित्र पत्रको जवाफ दिन स्पष्टीकरण सोधेका थिए। महानिर्देशक अधिकारीले त्यस्तो जरुरी र गोप्य विषयलाई मन्त्रीले अतिरञ्जित तरिकाले स्पष्टीकरण मागेको बताएका थिए।

मन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विषयहरू संवेदनशील र गोपनीय समेत भएको उल्लेख गर्दै उनले र्साजनिक रूपमा स्पष्टीकरण मागेकोमा आफूले त्यसको जवाफ नदिने अडान लिएका थिए। सोही क्रममा महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रको जवाफ नपठाएपछि उनलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

मन्त्री किराँतीले प्राधिकरणका महानिर्देशक अधिकारीको टेबलमा स्पष्ट जवाफसहितको विवरण पेश गर्ने सम्बन्धको विषयमा पत्र पुगेको ४५ मिनेटपछि आफ्नो फेसबुक स्टाटसबाट उक्त जानकारी सर्वजनिक गरेको उनका प्रेस संयोजक राजन राईले बताएका छन्।

प्रकाशित: २२ असार २०८० ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App