१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल उद्योग परिसंघमा नयाँ कार्यसमिति

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २० औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरूप स्वतः अध्यक्षमा चयन भएका हुन्। अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए।

काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा क्रियाशील छन्। आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्य लगायतका क्षेत्रमा आवद्ध छन्। परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका छन्।

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २० औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो।

शनिबार राजधानीमा सम्पन्न वार्षिक साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, विरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।

यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुण कुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई निर्वाचित भएका छन्।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्।

अमित मोर र भीम घिमिरे पहिलो पटक परिसंघको उपाध्यक्ष बनेका हुन्। यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप सारडा, गोकुल भण्डारी र छायाँ शर्मालाई मनोनित गरिएको छ। अध्यक्ष राजेशकुमार अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए।

त्यसअघि परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ उचाइमा पुर्‍याउन सक्रिय भएर लाग्ने बताए।

उनले छिटो छिटो परिवर्तन हुने नीति नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि सरकार सामु प्रभावकारी रूपमा प्रस्तुत हुने बताए। उनले निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन्।

साधारणसभामा विभिन्न ६ विधामा अवार्डसमेत प्रदान गरिएको थियो। सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराई, परिसंघले आयोजना गरेका कार्यक्रमहरूमध्ये वुमन लिडरसिप समिट, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गरेको छ। यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतीले प्राप्त गरेका छन्।

प्रकाशित: १० असार २०८० ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App