८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

साओमीले ल्यायो दुई डेस्कटप मोनिटर

साओमीले एमआई २३.८ डेस्कटप मोनिटर १ सि र एकआई डेस्कटप मोनिटर २७ सार्वजनिक गरेको छ। यी अत्याधुनिक मोनिटरका विशेषता र अत्याधुनिक प्रविधि जडित भएकाले डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भने ‘हाम्रा ग्राहकहरू माझ दुवै डेस्क टप मनिटर लिएर आउन पाउँदा कम्पनी उत्साहित भएको उल्लेख गर्दै मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फरमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्ने बताए। उनले ती मोनिटरद्वारा ग्राहकले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा विश्वस्त रहेको विचारसमेत व्यक्त गरे।

उक्त डेस्कटप मोनिटर आकर्षक डिजाइन, एड्जस्टेबल स्ट्यान्ड, फास्ट रेस्पोन्स, सजिलो कनेक्टिभिटी जस्ता विषेशतायुक्त भएको बताए। साथै कम्पनीले एमआई २७ डेस्कटप मोनिटर र एमआई २३.८ डेस्कटप मोनिटर १ सिको बजार मूल्य २२ हजार ९ सय ९९ रूपैयाँ र १९ हजार ९ सय ९९ रूपैयाँ भएको उल्लेख गरेको छ। कम्पनीका अनुसार नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरूमा ती मोनिटर उपलब्ध हुनेछन् ।

प्रकाशित: ५ असार २०८० ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App