१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनचाँदीको विलासिता कर घटाउन अर्थमन्त्री सकारात्मक

फाइल तस्वीर

सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर घटाउन सरकार लचक देखिएको छ। बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो।

सुनचाँदी व्यवसायीले मंगलबार सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी सो कर फिर्ता गर्न माग गरेका थिए। अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए।

‘हामीले हिरा जवाहरत, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौं, यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन।’ विलासी कर लगाउने घोषणा गरे पछि सुनचाँदी व्यवसायीले चरणवद्ध रूपमा विरोध गर्दै आएका थिए। सुनका गरगहना हुने खानेदेखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकाले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पारे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी व्यवसायमा आवद्ध तीन महासंघको संयुक्त भेटका क्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नुपर्नाको कारण प्रष्ट पारेका थिए। मन्त्री महतसँगको भेटमा अध्यक्ष शाक्यले बजेटले गरेको नयाँ व्यवस्था अनुसार सुनचाँदी व्यवसायीलाई परेको प्रभावका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App