२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र मल्टीप्लेक्स सेन्टरबीच समझदारी

सिटिजन्स बैंक र नयाँवानेश्वरस्थित मल्टिप्लेक्स सेन्टर बीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्र अनुसार बैंकका कार्डबाहक ग्राहकले नयाँवानेश्वर मल्टिप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्मइफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहाज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो लगायत १८ वटा पसलमा ३० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

प्रकाशित: २५ जेष्ठ २०८० ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App