७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

टेलिकमले ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्ने

गत जेठ २२ गते एक अनलाइन न्युजपोर्टलमा नेपाल टेलिकमको सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल टेलिकमले ग्राहकको गोपनीयतालाई सधैं सम्मान गर्ने र यसको सुरक्षा तथा गोपनीयता कायम गर्न एकरत्ति पनि सम्झौता नगर्ने भन्दै सबै ग्राहकलाई आश्वस्त हुन अनुरोध गरेको छ।

राज्यका अधिकार प्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुनबमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवाप्रदायकहरूले झैं कम्पनीले विवरण उपलब्ध गराउने गरेको उल्लेख गरेको छ।

यस्तै कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकको गोप्यता कायम गर्न कम्पनी अत्यन्त संवेदनशील रहेको हुँदा कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्न हुन अनुरोध गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App