coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्धनका लागी ‘जाउँ हिँड रेसुङ्गा’ अभियान

 गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ। रेसुङ्गा नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारप्रसार स्वरुप अभियानको सुरुवात गरिएको हो।

एक कार्यक्रमकाबीच नगरप्रमुख खिलध्वज पन्थीले अभियानको सुरुवात गरेका छन्। अभियानको औचित्य माथी प्रकाश पार्दै नगरप्रमुख पन्थीले रेसुङ्गा लगायत गुल्मी जिल्लाका पर्यटकीय स्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लासंग जोड्ने अभियानको थालनी गरिएको बताए।

चालु आर्थिक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरूलाई रेसुङ्गामा ल्याउने गरी आफूहरूले योजना बनाएको उनको दावी छ। ‘रेसुङ्गा नगरपालिका सहित समग्र गुल्मी जिल्लाको विकास र समृद्धिमा योग्दान गर्न धार्मिक, जैविक र प्राकृतिक छटाले भरिपूर्ण स्थलहरुलाई ग्लोबलसंग जोड्ने हाम्रो मनसाय हो,‘मेयर पन्थीले भने,‘पर्यटनमा लगानी गर्न र लगानी भित्राउन स्थानीय सरकार प्रतिबद्ध छ।’

अभियानमा ‘जाउँ हिँड रेसुङ्गा’ लेखिएको टिसर्ट वितरण गरिएको थियो। नगरपालिकाको टोली लगायत अतिथिीहरुले टिसर्ट लगाएर रेसुङ्गासम्म पुगेर फर्किएका हुन्। कार्यक्रममा जनप्रतिनिधी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दल, सरोकारवाला निकाय, पत्रकारहरूको उपस्थिति थियो।

प्रकाशित: २४ जेष्ठ २०८० १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App