सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउण्ड सम्पन्न गरेको छ।
हल्ट प्राइज २०२२-२३ का विभिन्न कार्यक्रमका लागि ३० भन्दा बढी टोलीले भाग लिएकोमा वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ विजयी हुँदै मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए।
सफ्टवेरिका कलेजको हल्ट प्राइजले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरूको दिगो समाधानलाई बढावा दिन एउटा संस्थानको रूपमा रहँदै आएको छ। यस प्रतियोगिताले युवा उद्यमीहरूका लागि मञ्च प्रदान गरी परिवर्तनकारीहरूको अर्को पुस्तालाई सशक्त बनाउन महत्पूर्ण भूमिका खेल्ने कलेज प्रशासनले जनाएको छ। यस कार्यक्रमको लागि सम्पूर्ण यात्रा खर्च कलेजले नै प्रायोजन गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०८० ०२:५२ बुधबार





