७ वैशाख २०८१ शुक्रबार
अर्थ

सफा हिमाल अभियान-२०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान-२०२३ को चौथो संस्करण सम्पन्न भएको छ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाइ गर्ने उद्देश्यका साथ उक्त अभियान २८ मार्चमा सुरु भएको थियो। विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा एक कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको छ।

अत्यधिक उचाइमा रहेका यी हिमालहरूबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्य र शेर्पाहरू गरी ९७ जना सहभागी थिए। यस पटक चार हिमालबाट अभियानकर्ताहरूले ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको छ।

सफा हिमाल अभियान-२०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले चार मुख्य हिमालहरूबाट ३५ हजार ७ सय ८ किलोग्राम फोहोर संकलन गरेको बताए। प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्दै उनले हाम्रा हिमालहरू सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई गर्वको रूपमा लिएको जनाए।

प्रकाशित: २४ जेष्ठ २०८० ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App