१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छः पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

शनिवार काठमाडौंमा भएको स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको दाबी गरेका छन्। सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै उनले मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको उल्लेख गरे। 

उनले निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखेपनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताए। पूर्व अर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको बताए। उनले चालु आर्थिक वर्षमा करिव ९ प्रतिशत कर्जा वृद्धि भएको भन्दै अर्को वर्ष यो भन्दा बढी हुने अवस्था नभएको बताए।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई समाधान गर्नको लागि पनि अर्थतन्त्र बुझेका विज्ञहरु मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो। उनले अर्थतन्त्र बुझेकाहरु एक भएमात्रै देशलाई आर्थिक रुपमा सही ठाउँमा ल्याउन सकिने बताए।

प्रकाशित: २० जेष्ठ २०८० ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App